Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी ५ को ‘जनतासंग जनप्रतिनिधि’ कार्यक्रम अन्तरगत स्वास्थ्य शिविर सम्पन्न

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ५ को ‘जनतासंग जनप्रतिनिधि’ कार्यक्रम अन्तगत खहरे टोलमा स्वास्थ्य शिविर संचालन भएको छ । शिविरमा नाक, कान, घाँटी, ज्वरो, रुघाखोकी, ग्यास्ट्रिक, एलर्जी जस्ता विभिन्न समस्याको चेकजाँच तथा औषधि वितरण गरिएको छ । 

शिविरमा १ सय २६ को स्वास्थ्य परिक्षण गरिएको छ भने ८४ जनाको रक्त समुह पहिचान गरिएको छ । वडाले ‘जनतासंग जनप्रतिनिधि’ कार्यक्रम अन्तरगत वडाका ४ वटै टोलमा स्वास्थ्य शिविर संचालन गरेको छ । जसमा कुल ४ सय १ जनाको स्वास्थ्य परिक्षण गरिएको छ भने २ सय ३० जनाको रक्त समुह पहिचान गरिएको वडाध्यक्ष खुमबहादुर खड्काले जानकारी दिनुभयो । 

शिविर संचालनमा चौरजहारी अस्पताल, रेडक्रस उपशाखा चौरजहारी,  विजयश्वरी स्वास्थ्य चौकी सहयोग गरेको बताइएको छ । यो महिना स्वास्थ्य शिविर संचालन गरिएको र अव अर्को महिना फेरि नयाँ कार्यक्रमका साथ जनताको विचमा जाने वडाध्यक्ष खड्काले बताउनुभयो ।  

यो महिनाको कार्यक्रम आज सम्पन्न भएको र अव देखि प्रत्यक महिना शिक्षा, कृषि, पशु लगायतका सेवा लिएर जनताकोमा जाने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update