Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १३ का ६४ बालबालिकाले पाए शैक्षिक सामग्री
शैक्षिक सामग्री वितरण कार्यक्रम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ ले वडामा रहेका गरिव, विपन्न, जेहेनदार तथा टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा वडामा रहेका विभिन्न विद्यालयमा अध्यनरत ६४ जना बालबालिकाहरुलाई वडाले झोला, कापी र कलम वितरण गरेको हो । वडाको महेन्द्र माविमा भएको बालदिवस विशेष कार्यक्रममा बालबालिकाहरुलाई उक्त शैक्षिक सामग्री वितण गरेको वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो ।

306544227_769544940964880_5990151073246359065_n1663152287.jpg
शैक्षिक सामग्री वितरण गर्दै वडाध्यक्ष खलबहादुर खड्का लगायत ।

आर्थिक अभावका कारण शैक्षिक सामग्रीको व्यवस्था गर्न नसक्ने बालबालिकाहरुलाई लक्षित गरेर शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । वडामा ६ वटा विद्यालय रहेका छन् । २ वटा मावि र ४ वटा आधारभूत विद्यालय रहेकामा सबै विद्यालयको प्रतिनिधित्व हुने गरी विद्यार्थी छनौट गरेर सामग्री वितरण गरिएको वडाले जनाएको छ । त्यस्तै बालदिवसको अवसरमा वडाले अन्य विभिन्न कार्यक्रम पनि संचालन गरेको छ ।

मावि स्तरीय वक्तृत्व कला, आधारभूत तह कक्षा ६–८ हाजिरी जवाफ र आधारभूत तह कक्षा १–५ हिज्जे प्रतियोगिता संचालन गरिएको हो । औपचारिक कार्यक्रम पूर्व र्याली निकालिको थियो । र्यालीपछि औपचारिक कार्यक्रम सुरु भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update