Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वका विद्यालयमा आयुर्वेद तथा योग शिक्षा
रुक्मिणी माविमा आयुर्वेद तथा योग शिक्षा लिइराखेका सहभागिहरू । 

रुकुम पूर्वका विद्यालयहरूमा आयुर्वेद तथा योग कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको भूमे गाउँपालिकामा ३ वटा र सिस्ने गाउँपालिकामा २ वटा र पुथाउत्तरगंगा गाउँपालिकाको एउटा विद्यालयमा विद्यार्थीलाई आयुर्वेद शिक्षा दिने कार्यक्रम रहेको छ । 

अहिले सम्म ४ वटा विद्यालयमा कार्यक्रम गरी सकिएकोे छ । उक्त शिक्षा जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वको आयोजनामा भदौ १५ गते देखि सुरु भएको यस कार्यक्रम बुधबार भदौ २९ गते बाल दिवसको अवसर पारी सिस्ने गाउँपालिका ५ रुकुमकोटमा रहेको रुक्मिणि माध्यामिक विद्यालयमा गरिएको छ । 
आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वका प्रमुख बिष्णुहरि आचार्यका अनुसार लुम्बिनी प्रदेशकै कार्यक्रम भएकोले सरकारले निरन्तरता दिने दिने बताइएको छ । यो अभियानमा कार्यालय प्रमुख आचार्य सहित आयुर्वेद डाक्टर गणेश अधिकारी र कविराज प्रमा चौधरीको टिम रहेको छ । 

जसमा मानव जीवनमा हुने जीवन शैलीका बारेमा पनि सिकाराखिएको छ । कुनै पनि मानिस स्वस्थ्य जीवन जीउनका लागि शारिरीक गतिविधि, स्वस्थकर खाना, सदाचारको पालना, मद्यपान लगायतका लागू औषधमा नियन्त्रण, व्यक्तिगत र सामुहिक सरसफाई, आहार शैली, भान्साका जडिबुटीको बारेमा महत्त्व राखेको आचार्यले बताउनुभयो । 

यसमा विद्यार्थीबाटै यो शिक्षा स्थापना गरियो भने कालान्तर सम्म पनि यसको दिगो प्रभाव पर्ने बताइएको छ । यस कार्यक्रम अहिले विद्यालयहरूमा १ दिने प्रशिक्षण तथा अभ्यास गरिराखिएको छ । 

 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update