Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका ६४ पसलमा अनुगमन, सुध्रिएन बजार, अवस्था उस्तै  (भिडिओ सहित)
अनुगमन हुँदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ को खलंगा बजारमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र विभिन्न विषयगत कार्यालयको सहकार्यमा बजारमा रहेका विभिन्न ६४ वटा पसलमा अनुगमन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जिएमको नेतृत्वमा खाद्यान्न, किराना र ग्याँस पसल १९ वटा, होटल १५ वटा, मासु पसल ३ वटा, डेरी ३ वटा, मेडिकल ५ वटा, कपडा पसल ११ वटा र अन्य ८ वटा गरी ६४ वटा पसलमा अनुगमन गरिएको हो ।

महँगी, कालोबजारी रोक्न तथा बजारमा सुशासन कायम गर्ने उद्ेश्यले अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जिएमले जानकारी दिनुभयो । अनुगमनका क्रममा बजारमा म्याद गुज्रिएका विभिन्न वस्तुहरु बरामद गरिएको उहाँले बताउनुभयो । बजार मूल्य अनुसार ६ हजार ८ सय ५२ रुपैंया बराबरका म्याद गुज्रिएका सामग्री बरामद गरिएको हो । त्यस्तै अनुगमनका क्रममा विभिन्न त्रुटिहरु फेला परेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मूल्यसुचि नराखेको, दर्ता तथा दर्ता नविकरण गरेको, आधिकारीक विल नराखेको, होटलहरुमा सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रेका सामग्री राखेको लगायतका समस्या भेटिएका छन् । कमजोरी भेटिएका पसलहरुलाई सुधारका लागि ७ साताको अल्टिमेटम दिइएको उहाँले बताउनुभयो । साथै अलि बढी समस्या भएका व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाईएको उहाँको भनाई छ । अव नियमित रुपमा अनुगमन गर्ने र पुनःसमस्या देखिएमा कानूनी कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जति अनुगमन गर्दापनि सुधार नभएपछि अव कडा रुपमा प्रस्तुत हुने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । औपचारिकताका लागि मात्र अनुगमन हो भन्ने व्यापारीमा परेकोले बजार सुध्रिन नसकेको भन्दै अव कडा रुपमा प्रस्तुत हुने र प्रभावकारी अनुगमन हुने उहाँले बताउनुभयो । सरोकारवालाहरुलाई दुई समुहमा विभाजन गरेर अनुगमन गरिएको थियो ।

अनुगमन टोलीमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, मुसिकोट नगर पशु शाखा, उद्योग वाणिज्य संघ र पत्रकारहरुको सहभागिता रहेको थियो । 

भिडिओ हेर्नुहाेस्


 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update