शुक्रबारको बजार अनुगमनबाट बरामद गरिएका म्याद गुज्रिएका सामान नष्ट नगरिएको छ । जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको रोहबरमा बरामद गरिएका म्याद गुज्रिएका सामग्री आज नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय परिषरमा उक्त सामग्री गाडिएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जिएमले जानकारी दिनुभयो ।
उहाँका अनुसार खलंगा बजारका विभिन्न ६४ वटा पसलमा अनुगमन गर्दा म्याद गुज्रिएका सामग्री बरामद गरिएको थियो । कम्मेटिक, खाद्यान्न तथा किराना, मासु पसल, मेडिकल, कपडा पसल, डेरी लगायतको अनुगमन गरिएको थियो । जसक्रममा बजार मूल्य अनुसार ६ हजार ८ सय ५२ रुपैंया बराबरका विभिन्न म्याद गुज्रिएका सामग्री बरामद गरिएको थियो ।
त्यस्तै अनुगमनका क्रममा मूल्यसुचि नराखेको, दर्ता तथा दर्ता नविकरण गरेको, आधिकारीक विल नराखेको, होटलहरुमा सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रेका सामग्री राखेको लगायतका समस्या भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी जिएमले बताउनुभयो । कमजोरी भेटिएका पसलहरुलाई सुधारका लागि ७ साताको अल्टिमेटम दिइएको उहाँले बताउनुभयो ।