Kakhara सबैको खबर सम्पूर्ण खबर
आत्महत्या विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड 

रुकुम पश्चिमका सरोकारवालाहरुले आत्महत्या विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला सदरमुकाम मुसीकोटमा आयोजित कार्यक्रमका सहभागिहरुले आत्महत्या रोकथामका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका हुन् । 

IMG_70541663486106.jpg

विभिन्न कारणले मान्छेहरुले आत्महत्या गरिरहेको र आत्महत्या प्रमुख समस्या बन्दै गइरहेको तर्फ सरोकारवालाहरुले सतर्क बनाएका छन् । संघीय, प्रदेश र स्थानीय सरकार सहित अन्य विभिन्न सरकारी तथा गैरसकारी निकायहरु गम्भिरताका साथ लाग्नुपर्नेमा सहभागिहरुको जोड थियो । 

IMG_70601663486110.jpg

अधिकार सम्पन्न स्थानीय तहको झन् महत्वपूर्ण भुमिका हुने सहभागिहरुले बताएका थिए । त्यस्तै आत्महत्या रोकथामका लागि विद्यालयस्तरमा जोड दिनुपर्ने सुझाव पनि विभिन्न निकायका प्रतिनिधिहरुले दिएका थिए । कार्यक्रममा जिल्लामा आत्महत्याको अवस्था समेटिएको कार्यपत्र प्रस्तुत गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीले जिल्लामा आत्महत्या प्रमुख समस्याका रुपमा रहेको बताउनुभयो । 

IMG_70571663486107.jpg

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार अन्य घटनाको तुलनामा जिल्लामा आत्महत्याबाट धेरै मान्छेहरुले ज्यान गुमाइरहेको उहाँले बताउनुभयो । गत एक वर्षमा मात्र ५५ वटा आत्महत्या तथा आत्महत्याका घटना भएको प्रतिवेदन उहाँले प्रस्तुत गर्नुभएको थियो । यसका साथै प्रतिवेदन अनुसार वितेका तीन वर्षमा रुकुम पश्चिममा १ सय ३२ वटा आत्महत्या तथा आत्महत्याको प्रयासका घटना भएका छन् । 

IMG_70621663486112.jpg

आत्महत्याको मुख्य कारण मानसिक समस्या, शैक्षिक असफलता, प्रेममा धोका, गरिबि, धेरै ऋण लगायत रहेको डिएसपी सोतीले बताउनुभयो । त्यस्तै कार्यक्रममा आत्महत्या सम्बन्धीको प्रतिवेदन जिल्ला अस्पतालका डा. भिमकान्त जैसीले पनि प्रस्तुत गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा आत्महत्या दिवस विशेष कार्यक्रमको आयोजना गरेका हुन् । 

IMG_70691663486112.jpg

औपचारिक कार्यक्रम पूर्व मुसीकोट नगरपालिका वडा नम्बर १ को बराहटाकुरा देखि वडा नम्बर ५ को सेरिगाउँमा रहेको सहिद प्रतिष्ठानको हलसम्म प्रभातफेरी निकालिएको थियो । त्यसक्रममा सहभागिहरुले आत्महत्या विरुद्धका विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित सचेतनामुलक नारा लगाएका थिए । 

IMG_71001663486118.jpg

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update