Kakhara सबैको खबर सम्पूर्ण खबर
आत्महत्यालाई रोक्न जीवनप्रति आशा जगाउनुपर्छः सांसद शर्मा 
गाेपाल शर्मा ।

कर्णाली प्रदेश सभा सदस्य एवं पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मान्छेहरुमा आशा जगाउन आवश्यक रहेको बताउनुभएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा आयोजित कार्यक्रममा बोल्दै सांसद शर्माले मान्छेलाई कसरी आशावादी बनाउने भन्ने चुनौति रहेको बताउनुभयो । 

अहिले हरेक क्षेत्रमा निराशावादी सोँचको विकास भइरहेको भन्दै अव मान्छेलाई आफै देखि आशावादी बनाउनुपर्ने अवस्था आएको उहाँको भनाई छ । सरकार तथा सरोकारवाला निकायले जीवनप्रति आशा जगाउने उपाय खोज्नुपर्ने उहाँले बताउनुभयो । ‘हरेक मान्छेहरु दुःखी छन्, मान्छेलाई आफ्नै जीवन देखि कसरी आशावादी बनाउने भन्ने चुनौति थपिएको छ, सबै यसतर्फ लाग्नुपर्छ, उहाँले भन्नुभयो ।’

यसको लागि सबैभन्दा उत्तम थलो विद्यालय हुनसक्ने उहाँले बताउनुभयो । विद्यालय स्तरबाटै जीवनप्रति आशा लाग्ने ज्ञान दिन आवश्यक देखिएको उहाँको भनाई छ । साथै उहाँले राजनीतिमा बढ्दो निराशाका कारण पनि त्यसको असर समाजमा परिरहेको बताउनुभयो । अव राजनीतिक दल तथा सरकारले निरन्तर आशा जगाउने काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update