नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग –वाइसीय) नेपालको केन्द्रीय वित्तीय तथा सहकारी विभागको प्रमुखमा रुकुम पश्चिमका शैलेशकुमार शर्मा चयन हुनभएको छ । वाइसीयलको केन्द्रीय कार्यालयले देशभरको कार्यविभाजन गरेको छ ।
जसअनुसार वाइसीयलका केन्द्रीय सचिव समेत रहनुभएका रुकुम पश्चिमका शर्माले केन्द्रीय वित्तीय तथा सहकारी विभागको जिम्मेवारी पाउनुभएको हो । त्यस्तै वाइसीयल कर्णाली प्रदेशको सह इन्चार्जको जिम्मेवारी रुकुम पश्चिमका लक्ष्मण ओलीले पाउनुभएको छ । ओली वाइसीयलका केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।
वाइसीयल रुकुम पश्चिम इन्चार्जकोे जिम्मा भने जनक विश्वकर्माले पाउनुभएकोे छ । विश्वकर्मा यसअघि वाईसीयलको जिल्ला संयोजक हुनुहुन्थो । विश्वकर्माले इन्चार्जको जिम्मेवारी पाएपछि जिल्ला संयोजकको जिम्मेवारी भने गोविन्द ओलीले पाउनुभएको छ । ओलीले यसअघि जिल्ला सह–संयोजकका रुपमा काम गर्नुभएको थियो ।