रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा नेकपा माओवादी केन्द्रको बैठक सम्पन्न भएको छ । स्थानीय तह निर्वाचन भएपछि पहिलो पटक बैठक बसेको हो । बैठकले मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरेर २ नम्बर वडाका सबै टोलमा बैठक बसाल्ने निणर्य गरेको वाईसीयल २ नम्बर वडा अध्यक्ष छविलाल केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार असोज ९ गते साविकको ४ नम्बर वडा बिमैचामा, १० गते साविकको ५ नम्बर वडा गैरीनेटामा, ११ गते साविकको २ नम्बर वडा बर्खेटाकुरा र १२ गते सिम्रुतु बजारमा बैठक बसाल्ने निर्णय भएको छ । माओवादी केन्द्र २ नम्बर वडा अध्यक्ष तुल्सीराम बुढाथोकीको अध्यक्षतामा भएको बैठकमा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य गणेशबहादुर केसीको प्रमुख आथित्यता रहेको थियो ।
त्यस्तै बैठकमा त्रिवेणी गाउँपालिका पार्टी अध्यक्ष गणेशबहादुर खड्का, २ नम्बर वडा इन्चार्ज शोभाराम बोहरा, पालिका सदस्य देवकुमारी बुढाथोकी, वडाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।