Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा भव्य रूपले संविधान दिवस मनाइयो (फोटो फिचर)
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई जिसस प्रमुख श्रेष्ठले सम्बोधन गर्नु हुँदै ।

पहिलो संविधान सभाबाट २०७२ साल असोज ३ गतेका दिन नेपालमा नयाँ संविधान बनेको थियो । उक्त दिन अर्थात हरेक वर्षको असोज ३ गतेका दिनलाई संविधान दिवस मनाइँदै आएको हो । 

जस अनुसार सोमबार (आज) रुकुमपूर्वमा पनि हर्षउल्लास, भव्य रूपले संविधान दिवस मनाइएको छ । नागरिक देखि राजनैतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी लगायतले संविधान दिवस उल्लासका साथ मनाएका छन् । 

जिल्लाको सदरमुकाम रहेको रुकुमकोटमा जिल्ला स्तरीय संविधान दिवस मनाइएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको आयोजनामा संविधान दिवस मनाइएको हो । विहान छिप्रिदह देखि गाजाबाजा साथ ¥याली सहित बजार परिक्रमा गरी जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा कोण सभा गरी मनाइएको हो । 

कोण सभालाई सम्बोधन गर्नु हुने वक्ताहरूले २०७२ असोज ३ गतेको संविधान जनतामुखी भएको कारणले उत्सवका साथ मनाउनुको अर्थ रहेको धारणा राखेका छन् । हाल संविधानले मार्गनिर्देश गरे अनुसार विकास निर्माणका बाटो खुला भइरहेको बताएका हुन् । तर, पनि थप संविधानमा थप्नु पर्ने कुराहरू र केही कार्यन्वयन गर्ने काम बाँकी रहेकोले जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारी एकआसपमा तालमेल मिलाएर काम गर्नु पर्ने जिल्ला स्थित राजनैतिक दलले सुझाव समेत दिएका छन् । 

जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरू जिसस उप–प्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरीका डीएसपी रविन्द्र श्रेष्ठ लगायत जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायतको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन जिससका निमित्त समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीले गर्नु भएको थियो । 

कार्यक्रमका तस्बिरहरुः

 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update