Kakhara सबैको खबर सम्पूर्ण खबर
संविधान दिवसको अवसरमा रुकुम पश्चिममा एक कैदी कारागार मुक्त 
Kakhara.jpg

संविधान दिवसको अवसरमा जिल्ला कारागार रुकुम पश्चिमबाट एक जना कैदी कारागार मुक्त भएका छन् । नकवजनी चोरीको मुद्दामा ४ वर्षको कैद सजाय फैसला भएका कैदी आज संविधान दिवसको अवसरमा जेलमुक्त भएका हुन् । राम्रो चालचलन भएका र ५० प्रतिशत कैद सजाय भुक्तान गरेकालाई विभिन्न अवसरमा जेलमुक्त गर्ने गरिएको छ ।

संविधान दिवसको अवसरमा कैदसजाय मिनाहाका लागि जिल्लाबाट ३ जनाको नाम सिफारिस गरिएको थियो । जसमध्येमा १ जनाको नाम मात्र स्वीकृत भएको जिल्ला कारागारका जेलर अकविर घर्तीले जानकारी दिनुभयो । जिल्ला कारगारमा हाल १ सय २२ जना कैदी बन्दी रहेका छन् । जसमा १ सय ११ जना पुरुष र १० जना महिला रहेका छन् भने एक जना नाबालक रहेको उहाँले बताउनुभयो । 

    
 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update