Kakhara सबैको खबर सम्पूर्ण खबर
उपभोक्ता समितिलाई अभिमुखीकरण 
अभिमुखीकरण उद्घाटन कार्यक्रमका अतिथिहरु ।

सिस्ने गाउँपालिकाले उपभोक्ता समिमितलाई अभिमुखीकरण तालिम दिन सुरु गरेको छ । उपभोक्ता समिति मार्फत सम्पन्न हुने योजनालाई विश्वसनीय र पादरर्शी बनाउन समितिका सदस्यलाई तालिम दिन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले जानकारी दिनुभयो । 


कतिपय योजनाहरु सम्झौता अनुसार सम्पन्न भएका भए पनि धेरै योजनाहरु सम्झौता अनुसारका नभएका र कतिपयका कागजात नमिलेका कारण आउने बेरुजुलाई शून्यमा झार्न तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मंगलबार ५ र ६ नम्बर वडाका उपभोक्ता समितिका पदाधिकारिलाई तालिम दिइएको छ । उनिहरुलाई उपभोक्ता समिति गठन प्रकृया, समितिको न्युनतम र अधिकतम सदस्य सङख्या, उपभोक्ता समितिमा महिलाको अनिवार्य सहभागिता, र उपभोक्ता समितिको योग्यताको विषयमा प्रशिक्षण दिइएको थियो । 


यसैगरि योजना सम्झौताका लागि आवश्यक पर्ने कागजातहरु, योजना फारम भर्ने तरिका, उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, सम्पादन गर्नुपर्ने कामको विवरण, काम सम्पन्न गर्नुपर्ने अवधि, लागत र उपभोक्ताको योगदान, निर्माण सामाग्रीको गुणस्तर र परिमाण खरिद लगायतका विषययमा पनि जानकारी गराइएको छ । 

यस्तै रकम निकासा प्रकृया, खर्चको लेखाकंन र अभिलेख व्यवस्थापन, योजना कार्यान्यन र अनुगमन प्रकृया, सार्वजनिक परीक्षण, योजनाको फरफारक र हस्तान्तरण, उपभोक्ता समितिको खाता सञ्चालन र भुक्तानी प्रकृयाको विषयमा उपभोक्तता समितिका पदाधिकारिलाई जानकारी गराइएको गाउँपालिकाले जनाएको छ । 


तालिममा सहभागि भएका सवै सदस्यलाई सिकाएका कुरा बुझन सजिलो होस् भन्ने उद्देश्यले व्याख्यान, प्रवचन विधि मात्र नभई प्रयोगात्मक र चित्रको माध्यमबाट तालिम सिकाइएको थियो । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले गर्नुभएको थियो । तालिममा उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकीय अधिकृत शाह, प्रशासकीय अधिकृत चिन्तामणि दाहाल, इन्जिनियर कर्ण केसी, अधिकृत छैटौ अरुणकुमार ओली र लेखापाल ठकेन्द्र खत्रीले प्रशिक्षण दिनुभएको थियो ।  


तालिममा ५ र ६ नम्बर वडाका ४० भन्दा बढि उपभोक्ता समितिका एक सय ३० पदाधिकारिहरुको उपस्थिति रहेको थियो । अन्य ६ वडाका उपभोक्ता समितिलाई पनि तालिम दिने गाउँपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update