Kakhara सबैको खबर सम्पूर्ण खबर
दीर्घ रोगी जानकीको परिवारलाई निःशुल्क स्वास्थ्य वीमा 
जानकी ओली

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १२ की एक दीर्घ रोगीको निःशुल्क स्वास्थ्य वीमा भएको छ । वडाध्यक्ष धिरन सिर्पालीले वडाको भुम उपगौंडाकी मुटु तथा फोक्सो रोगी जानकी ओलीको परिवारको आज निःशुल्क स्वास्थ्य वीमा गरिदिनुभएको हो ।
 
५ जनाको परिवारलाई ३ हजार ५ सय विमाङ्क रकम तिरेर एक वर्षका लागि १ लाख बराबरको उपचार सेवा पाउने गरी वीमा गरिदिएको वडाध्यक्ष सिर्पालीले जानकारी दिनुभयो । उहाँले वडाध्यक्षको पदभार ग्रहण गर्दा आफुले पाउने व्यक्तिगत सेवा सुविधाबाट दीर्घ रोगीको निःशुल्क वीमा गरिदिने घोषणा गर्नुभएको थियो । 

क्यान्सर पीडित, मृगौला पीडित र मुटु तथा फोक्सो रोगीहरुका लागि निःशुल्क स्वास्थ्य वीमा गरिदिने घोषणा अनुसार जानकीको परिवारका लागि वीमा गरिदिएको उहाँको भनाई छ । उहाँका अनुसार अहिलेसम्म वडामा उहाँ वाहेक अरु दीर्घ रोगी फेला परेका छैनन् । अन्य रोगी भेटिएमा उनिहरुको पनि निःशुल्क वीमा गरिदिने वडाध्यक्ष सिर्पालीको भनाई छ ।

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update