कर्मचारी मिलन केन्द्र रुकुम पश्चिमको अध्यक्षमा मोहन केसी चयन हुनुभएको छ । हिजो जिल्ला प्रशासन कार्यालयमा भएको कर्मचारीहरुको भेलाले अध्यक्षमा केसीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिमा पछि एक जना थप्ने गरि १० जनालाई चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष केसी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको कार्यालय प्रमुख समेत हनुहुन्छ ।
उपाध्यक्षमा कमला केसी, सचिवमा तोषराज केसी, सहसचिवमा जनक खड्का र कोषाध्यक्षमा यामबहादुर केसी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बोमलाल पराजुली, अकविर घर्ती, जयराम केसी, जितबहादुर ओली, धनञ्जय आचार्य रहनुभएको छ । कर्मचारी मिलन केन्द्रकोे कार्यकाल २ वर्षको रहेको छ ।
नवनिर्र्वाचित अध्यक्ष केसीले रुकुम पश्चिमका सम्पूर्ण कर्मचारीहरुको हक हितमा काम गर्ने बताउनुभएको छ । सरोकारका विषयमा सबै सदस्यहरुको सल्लाह सझावबाट भावनात्मक सम्वन्ध सुदृढ गरि रचनात्मक काम गर्ने उहाँको भनाई छ ।