Kakhara सबैको खबर सम्पूर्ण खबर
सर्वोच्चको फैसला जनता र राष्ट्रको पक्षमाः नेता शर्मा
नेता शर्मा

नेपाल कम्युनिष्ट नेकपाका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसला नेपाली जनता र राष्ट्रको पक्षमा आएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र जन अधिकारको रक्षा गरेको बताउनुभयो ।

प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदरको फैसला आए लगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पूर्व गृह मन्त्री समेत रहनुभएको नेता शर्माले न्यायलयले स्वतन्त्रता र निस्पक्षताको पुष्टि गरेको बताउनुभयो । सर्वोच्चको पछिल्लो फैसलाले न्यायलयप्रति जनताको विश्वासलाई नयाँ उचाइमा उठाएको पनि नेता शर्माको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update