Kakhara सबैको खबर सम्पूर्ण खबर
अपाङ्ग सञ्जाल सिस्नेको अध्यक्षमा कमानसिंह 

रुकुमपूर्व सिस्ने गाउँपालिकामा गाउँपालिका स्तरीय अपाङ्ग सञ्जाल गठन गरिएको छ । कमानसिंह खत्रीको अध्यक्षतामा १७ सदस्यि कमिटी गठन गरिएको हो । उपाध्यक्षमा तुलबहादुर बिक, सचिवमा पपी बुढा, सह–सचिवमा हस्तबहादुर खड्का र कोषाध्यक्षमा बिना रोकालाई चयन गरिएको छ ।  

 

फरक क्षमता भएका व्यक्तिहरूको भेलाले शुक्रबार सिस्ने गाउँपालिका स्तरीय भेला गरिएको हो । अब अपाङ्गका हक हितका निम्ति लड्ने अपाङ्गका आवाज उठाउने काम सञ्जालले गर्ने प्रतिबद्धता जनाएका छन् । 

अपाङ्ग संघ रुकुमपूर्वका अध्यक्ष दामोदर केसीको अध्यक्षतामा भएको कार्यक्रममा रुकुमपूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, सिस्ने गाउँपालिकाका प्रशासकीय अधिकृत चिन्तामणि दाहाल, महिला बालबालिका शाखाका प्रमुख सुनिता खड्का,  सर्वाङ्गिण विकास केन्द्रका कार्यकारी निर्देशक लिलामणि गौतमको उपस्थित रहेको कार्यक्रमको सञ्चालन सुनिता केसीले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update