रुकुम पूर्व भूमे गाउँपालिका अन्तर्गत वडा स्तरीय बालक्लव गठन तथा अभिमुखीकरण सम्पन्न भएको छ । शुक्रबार भूमे–७ मा वडामा स्मृति सुनारको अध्यक्षतामा १९ सदस्यीयमा नयाँ बाल क्लव गठन गरिएको हो ।
उपाध्यक्षमा बिराज बुढा, सचिवमा बिराज बिक, सह–सचिवमा असोक सुनार र कोषाध्यक्ष माराजन नेपालीलाई चयन गरिएको छ । सचिव झुपीलाल दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा भूमे गाउपालिकाका आन्तरिक लेखा परीक्षण सुन्दरप्रसाद उपाध्याय, जनज्योति आधारभूत विद्यालय भूमे ७ धर्मशालाका प्रधानध्यापक झपीराम ओली, भूमे ७ का सहायक सचिव सुरेन्द्र रोका मगरको सहभागी रहेको थियो । भूमे गाउपालिकाको आयोजना र यूनिसेफको आर्थिक सहयोगमा यो कार्यक्रममा सञ्चालन गरिएको हो । कार्यक्रमको सहजिकरण भूमे गाउपालिका शिक्षा शाखाका प्राविधिक सहायक टेकबहादुर बुढाथोकीले गर्नुभएको थियो ।