नेपाल कम्युनिष्ट पार्टी नेकपाको रुकुम पश्चिमले दीप प्रज्वलन गरेको छ । जिल्ला पार्टी कार्यालयमा मंगलबार बेलुकी नेकपाका नेता कार्यकर्ताले दीप प्रज्वलन गरेका हुन् । प्रतिनिधि सभा विघटनको निर्णय बदर भएको खुसीयालीमा उनिहरुले दीप प्रज्वलन गरेका हुन् । मुसीकोट नगरपालिका ५ स्थित पार्टी कार्यालयमा जम्मा भएका उनिहरुले खुसी साटेका थिए ।
यसैबीच रुकुम पूर्वमा पनि यसै खुसीयालीमा दीप प्रज्वलन गरेका छन् । रुकुमकोटमा नेकपा नेता कार्यकर्ताले दीप प्रज्वलन गरेका हुन् । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतमा गठित संवैधानिक इजलाशले प्रधानमन्त्रीको उक्त कदम मंगलबार बदर गरेको छ । यसको खुसीयालीमा देशैभर दीप प्रज्वलन भएको छ ।