Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटमा मालपोत र नापी कार्यालय स्थापना 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मालपोल तथा नापी कार्यालय उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका विच कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा मन्त्री रातो कामीले कार्यालयको उद्घाटन गर्नुभएको हो । मालपोत र नापी  कार्यालय उद्घाटन भएसंगै अव नगरवासीहरुले नगरपालिकाको प्रशासनिक केन्द्र वडा नम्बर ९ को राडिबाट सेवा पाउने भएका छन् । नगरबाटै मालपोत र नापीको सेवा पाइने भएपछि नगरवासी हर्षित भएका छन् । अव आठबीसकोट नगरवासीलाई मालपोत र नापीको सेवा लिन सदरमुकाम मुसीकोट पुग्नुपर्ने छ्रैन् । 

उद्घाटन समारोहमा बोल्दै मन्त्री कामीले नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना भएपछि अव नगरवासीलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । नगरवासीले जग्गा किनबेच, जग्गा पास लगायत मालपोत र नापी कार्यालयबाट हुने सेवा गाउँमै पाउन भनेर नगरपालिकामै मालपोत र नापी कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । 
नगरबासीको चाहना अनुसार नै आठबीसकोट नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गरेको नगर प्रमुख रवि केसीले बताउनुभयो । मालपोत तथा नापी कार्यालय स्थापनामा सहयोग गर्नेलाई नगर प्रमुख केसीले धन्यावाद ज्ञापन गर्नभएको छ ।  जग्गा किनबेच, जग्गा पास लगायत मालमोत तथा नापी कार्यालयबाट हुने कामकाज आफ्नै स्थानीय तहबाट हुने भएपछि स्थानीयहरु खुसी भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update