Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रदेश क का लागि सिफारिस ‘पारसमणि’ चुनाव लक्षित जन भेटघाट व्यस्त
जन भेटघाटमा आफ्ना कुरा राख्दै पारसमणि ।

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै गएको छ । निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दल तथा सम्भावित उम्मेदवारले भेटघाट तथा छलफल जारी राखेका छन् । नेकपा माओवादी केन्द्रबाट रुकुम पश्चिमको प्रदेश सभा क को उम्मेदवारमा सिफारिस भएका महेन्द्र केसी ‘पारसमणि’ पनि जनभेटघाट तथा अन्तरक्रिया, छलफलमा जुट्नु भएको छ । 

मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न वडा, गाउँ तथा टोलमा पुगेर उहाँले स्थानीय नेता, कार्यकर्ता र जनतासित भेटघाट गरिरहनु भएको छ । निर्वाचनको मात्रै सन्दर्भ नभएर भेटघाट, छलफलका लागि आफू गाउँ गइरहेको केसीले बताउनुभयो । पार्टीको आन्तरिक जीवनबारेको छलफल, जनतासितको भेटघाट कार्यक्रम नियमित जस्तै भएको उहाँको भनाई छ । हालसम्म एक दर्जन बढी भेटघाट तथा छलफल गरिसकेको र थप भेटघाट जारी रहेको बताउनुभयो । 

लगत्तै आठबीसकोट नगरपालिकातिर पनि जाने योजना रहेको उहाँको भनाई छ । निर्वाचन केन्द्रीत भन्दा पनि नियमित भेटघाट पार्टी काममै लागिरहेको केसीले बताउनुभयो । बाँफिकोट गाउँपालिका २ र ९ मा पार्टी नेता, कार्यकर्ता र मतदातासित भेटघाट गरिएको छ । मुसीकोट नगरपालिकाको १, २, ९, ११ का विभिन्न टोलमा भेटघाट तथा छलफल भएको छ । पार्टीका बैठक गर्ने, जनवर्गिय संगठनका भेला तथा गठन, पुनर्गठनका काम गर्ने गरिएको अखिल क्रान्तिकारीका कर्णाली प्रदेश उपाध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । 

केसीसित देवकोटा लगायतको टोली सँगसँगै हिडिरहेको छ ।  माओवादीले आसन्न निर्वाचनका लागि संघमा जनार्दन शर्मा, प्रदेश क मा केसी र ख राजकुमार शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update