११ औं स्यार्पू पर्यटन महोत्सव सुरु भएको छ। मंगलबार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ स्थित स्यार्पुताल परिसरमा आयोजना गरिएको ११ औं स्यार्पू पर्यटन मेलाको कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख परियारले स्यार्पू ताल बाँफिकोट गाउँपालिकाको मात्रै नभएर कर्णाली प्रदेशको नै महत्वपूर्ण पर्यटन स्थल रहेको बताउनुभयो । यस्तै सवै राजनीतिक दलहरु एक भएर स्यार्पू ताललाई झन माथी उठाउन तत्पर रहनुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
स्यार्पू युवा तथा खेलकुद विकास समिति बाँफिकोट गाउँपालिकाको आयोजनामा सन्चालन भएको उक्त पर्यटन मेलाको उद्घाटन समारोहमा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा बिकास मन्त्री रातो कामीको विशेष आतिथ्यता रहेको थियो ।
यस्तै उद्घाटन समारोहमा आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगर उपाध्यक्ष तारा बुढा केसी लगायतको आतिथ्यता रहेको थियो । स्यार्पू पर्यटन मेला असोज ११ देखि १५ गते सम्म सञचालन हुने छ । उक्त अवधिमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुने स्यार्पू युवा तथा खेलकुद विकास समितिले जनाएको छ ।
महोत्सवमा स्वाच्छ वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिताु महिला पुरुष डबल ब्याडमेन्टन प्रतियोगिता हुने भएको छ । त्यस्तै लोक दोहोरी पौडी रेस भाले तान्ने तथा सटफुट र रस्साकस्सी प्रतियोगिता हुने खेलकूद विकास समिति बाँफिकोट ले जानकारी दिएको छ ।
रुकुम पूर्व रुकुम पश्चिम २८ टिमले सहभागिता जनाएको पुरुष तर्फ प्रथम हुने टिमले नगद एक लाख रुपैयाँ को साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने टिमले नगद ६० हजारको साथमा कप मेडल र प्रमाणपत्र पाउँदा । तेस्रो हुने टिमले नगद नगद ३०हजार रुपैयाँ को साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ। यस्तै सान्त्वना हुने टिमले नगद दश हजार रूपैयाँ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै १० टिमको सहभागिता रहेको महिला भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँ को साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने टिमले नगद ३० हजार रुपैयाँ को साथमा कप मेडल र प्रमाणपत्र पाउने भएको छ । त्यस्तै तेस्रो हुने टिमले नगद १५ हजार रुपैयाँ को साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । त्यस्तै सान्त्वना हुने टिमले नगद पाँच हजार रुपैयाँ को साथमा मेडल र प्रमाणपत्र हात पार्ने भएको छ ।
यस्तै महिला पुरुष ब्याडमेन्टन प्रतियोगिता तर्फको पुरस्कार राशी समान रहेको छ । प्रथम बन्ने जोडीले नगद दश हजार ु दोस्रो बन्ने जोडीले आठ हजार र तेस्रो बन्ने जोडीले नगद छ हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।
यस्तै लोक दोहोरी प्रतियोगितामा प्रथमु दोस्रोु तेस्रोले क्रममा पाँच हजार तीन हजार र दुई हजारको साथमा प्रमाणपत्र पाउने भएका छन् । यस्तै पौडी रेस प्रतियोगिता तर्फ पनि क्रमश प्रथम दोस्रो र तेस्रो ले पाँच हजार तीन हजार र दुई हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्न भएका छन् ।
यस्तै ३९ वर्ष मुनि र ४० वर्ष माथीको सटफुट प्रतियोगिता तर्फको पनि पुरस्कार राशी समान रहेको छ । प्रथम दोस्रो र तेस्रो लाई क्रमश नगद २५ सयु १५ सयु र पाँच सय रुपैयाँ साथमा प्रमाणपत्र प्रदान गरिने खेलकुद विकास समिति बाँफिकोट अध्यक्ष शन्देशकुमार केसीले जानकारी दिनुभयो । महिला पुरुष डबल ब्याटमेन्टन लोक दोहोरी पौडी रेस भाले तान्ने सटफुट तथा रस्साकस्सी प्रतियोगिता दर्ता भईरहेको बताईएको छ ।