संसद पुनर्स्थापनाकाे खुशियालीमा रुकुम पश्चिमका विभिन्न ठाउँमा विजय जुलुस निकालिएको छ । आज विहान मुसीकोटमा नेकपा प्रचण्ड–माधव समुहले विजय जुलुस निकालेर सर्वोच्चको फैसलाको स्वागत गर्नुका साथै खुशियाली मनाएको हो । पार्टी कार्यालय बागबजारबाट निकालिएको र्याली खलंगा बजार परिक्रमा गर्दै कालिकास्थानमा पुगेर सभामा परिणत भएको थियो । सभालाई नेकपाका केन्द्रीय सल्लाहकार सदस्य देविलाल गौतम, अखिल नेपाल महिला संघ अनेमसंघकी केन्द्रीय सदस्य लुम्बिनी गौतम र युवा संघ नेपालका केन्द्रीय सदस्य शैलेश शर्माले संवोधन गर्नुभएको थियो ।
सभालाई संवोधन गर्नेहरुले जनताको जित भएको बताएका थिए । न्यायालयले संविधानको रक्षाका निम्ति ऐतिहासिक फैसला सुनाएको र यसबाट सारा नेपालीको जित भएको उनिहरुको भनाई थियो । र्याली सहभागि नेता, कार्यकर्ताहरुले संसद पुनर्स्थापनाकाे खुशियालीमा नारावाजी गरेका थिए । सभाको संचालन धनराज खड्काले गर्नुभएको थियो ।
त्यस्तै जिल्लाकाे चाैरजहारीमा पनि खुशियाली र्याली निकालिएकाे छ । पार्टी नगर कमिटिकाे आयोजनामा त्रिवेणि चोकबाट सुरु भएकाे र्याली बजार परिक्रमा गरेर बसपार्कमा सभामा परिणत भएको थियो । सभालाई पार्टीका नगर कमिटि अध्यक्ष श्रीकृष्ण शर्मा र सचिव बिरवहादुर रानाले संवोधन गर्नुभएको थियो ।