Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ५० हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप

रुकुम पश्चिममा ५० हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ । असोज १ गतेबाट ९ गतेसम्म जिल्ला भरमा संचालन भएको खोरत रोग विरुद्धको खोप कार्यक्रमबाट जिल्लाका ५० हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको हो । 

पशुपंक्षी रोग अन्वेशन प्रयोगशाला सुर्खेतको खोप सहयोगमा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले खोप अभियान संचालन गरेको थियो । घर घरमै गएर खोरेत विरुद्धको खोप लगाइएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाई, भैंसी, भेडा, बाख्रा, बंगुर, सुँगुर लगायतका पशुलाई खोरत रोग विरुद्धको खोप दिइएको हो । यसका लागि जिल्लाका सबै पालिकामा ३५ जना खोपकर्ता परिचालन गरिएको थियो । दुहुना र गर्भिनी पशुलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइएको प्रमुख शर्माले बताउनुभयो । 

जिल्लामा करिब डेढ लाख पशु रहेको कार्यालयको अनुमान छ । बाँकी पशुलाई पनि आवश्यकताका आधारमा खोप दिइने कार्यालयले जनाएको छ । पशुलाई खोरेत रोगबाट जोगाई उत्पादनलाई बढाउने उदे्श्यले खोरत सहित अन्य पशु खोपलाई समेत प्राथमिकता दिइएको कार्यालयको भनाई रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update