Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र रुकुम पश्चिमले खोल्यो मुख, तीन वटै क्षेत्र नपाए अनपेक्षित हुने चेतावनी  

सत्तागठबन्धन भित्र सत्ता बाँडफाँडको रसाकसी चलिरहेका बेला नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले मुख खोलेको छ । सिट बाँडफाँडको विषय उत्कर्षमा पुगेका बेला माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका सबै सिट आफुले पाउनुपर्ने बताएको छ । 

जिल्ला संयोजक गोविन्द रोका सचिनले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिनिधि सभाको एक र प्रदेश सभाका दुई वटै क्षेत्र माओवादीले पाउनुपर्ने अन्यथा अनपेक्षित हुनसक्ने भन्दै ध्यानाकर्षण गराउनुभएको छ । ‘जितेका क्षेत्र यथावत राखि अन्य क्षेत्र बाँडफाँड गर्ने भनि यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै निर्णय गर्न नेकपा माओवादी केन्द्र रुकुम पश्चिम जोडदार माग गर्दछ, उहाँले लेख्नुभएको छ ।’

अन्यथा भएमा रुकुम पश्चिममा त्यसको परिणाम अनपेक्षित हुन सक्ने तर्फ सम्बन्धित पक्षको गंभीर ध्यानाकर्षण गराउन चाहन्छौं, उहाँले थप लेख्नुभएको छ । सिट बाँडफाँडको रसाकसी चलिरहेका बेला जिल्ला संयोजकको यस्तो धारणा आउनुलाई अर्थपूर्ण रुपमा लिईएको छ । २०७४ सालको प्रतिनिधि र प्रदेशसभाको चुनामा जिल्लाका सबै ३ वटै क्षेत्रमा माओवादीले जितेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update