Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाले घुम्ती शिविर मार्फत झण्डै चार हजारलाई सेवा दियो 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले  सञ्चालन  गरेको घुम्ती शिविर मार्फत ३ हजार ९ सय ६ जनाले सेवा लिएका छन् । गाउँपालिकाले १० वटै वडामा सञ्चाललन गरेको घुम्ती शिविर मार्फत ३ हजार ९ सय ६ जनाले सेवा लिएका हुन् । असोज ५ गते देखि  सञ्चानल गरेको घुम्ती शिविर आज सकिएको गाउँपालिकाले जनाएको छ ।

प्रत्येक वडा कार्यालयबाट घुम्ती शिविर मार्फत स्थानीयलाई सेवा दिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर मार्फत १ नम्बर वडामा ६ सय ४७, २ नम्बर वडामा ३ सय ४१, ३ नम्बर वडामा ३ मा २ सय ८५, ४ नम्बर वडामा ५ सय ५३, ५ नम्बर वडामा ७ सय १२ जनाले घुम्ती शिविर मार्फत सेवा लिएका छन् । त्यस्तै वडा नम्बर ६ र ७ मा समान ३ सय २, ८ नम्बर वडामा ३ सय ५९,  ९ नम्बर वडामा ३ सय ६८ र १० नम्बर वडामा ३७ जनाले सेवा लिएको बतइएको छ ।

घुम्ती शिविर मार्फत योजना सम्झौता, स्वास्थ्य सेवा तथा परामर्श, पशु रोग सम्वन्धी औषधि वितरण, कृषि सेवा तर्फ बीउ वितरणका सेवा प्रदान गरिएको छ । त्यस्तै अपांग परिचय पत्र, व्यवसाय दर्ता तथा नविकरण, गहुँको बीउ माग, कृषि सामग्री माग, छोरीको खाता सञ्चालन, कुकुरलाई रेविज विरुद्धको खोप  सेवा पनि दिइएको गाउँपालिकाले जनाएको छ । शिविर अन्तरर्गत कृषि सेवा तर्फ ९ सय ९९ जना किसानलाई मुला र भाजी सागको बीउ एक एक पाकेट निःशुल्क वितरण गरिएको छ ।

शिविरबाट ३ सय ८० जना किसानले ५० प्रतिशत अनुदान गहुँको बीउ माग गरेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताउनुभयो ।  वडा स्तरमै नागरिकलाई सेवा दिने उदेश्यले घुम्ती शिविर सञ्चालन गरिएको उहाँको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update