इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको अनुरोध
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले इजाजत प्राप्त हतियार बुझाउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै आगामि मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनलाई भरपर्दो र विश्वसनिय बनाउन इजाजत प्राप्त हतियार बुझाउन प्रशासनले अनुरोध गरेको हो ।
इजाजत प्राप्त हतियार कात्तिक ५ गते भित्र नजिककै प्रहरी इकाईमा बुझाउन भनिएको छ । निर्वाचन सकिए पश्रात उक्त हतियार हतियार धनिलाई फिर्ता गरिने प्रमुख जिल्ला अधिकारी परमान्नद घिमिरेले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९ ११:४२
प्रतिक्रिया दिनुहोस्