Kakhara सबैको खबर सम्पूर्ण खबर
इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको अनुरोध 

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले इजाजत प्राप्त हतियार बुझाउन जिल्लाबासीलाई अनुरोध गरेको छ । एक सूचना जारी गर्दै आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनलाई भरपर्दाे र विश्वसनीय बनाउन इजाजत प्राप्त हतियार बुझाउन प्रशासनले अनुरोध गरेको हो ।

इजाजत प्राप्त हतियार कात्तिक ५ गते भित्र नजिककै प्रहरी कार्यालयमा बुझाउन भनिएको छ । निर्वाचन सकिए पश्रात् उक्त हतियार धनीलाई फिर्ता गरिने प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले कखरालाई बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update