Kakhara सबैको खबर सम्पूर्ण खबर
ग्याँस चुहिएर दुर्घटना ९ घाइते
घाइतेको उपचार गरिँदै ।

भान्सा कोठाको ग्याँस चुहिएर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मंगलबार बेलुका रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५, बागबजार स्थित उदिराम केसीको घरमा डेरा गरी बस्ने प्रजित ओलीको कोठामा ग्याँस चुहिएर दुर्घटना भएको थियो । आठबीसकोट नगरपालिका २, प्रजित ओलीको कोठामा रहेको खाना पकाउने ग्याँस चुहिएर त्यसैमा आगो बलेको थियो ।

सोही क्रममा ९ जना घाइते भएको प्रहरीले जनाएको छ । ग्याँस विग्रेको अनुमानमा ग्याँस मर्मतमा गएका तथा कोठामा बस्नेहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा ३९ वर्षीय प्रजित ओली, आठबीसकोट नगरपालिका २, ककै १६ वर्षीय इन्द्रबहादुर ओली, सानीभेरी गाउँपालिका ३, का १२ वर्षीय प्रचण्ड खनाल, सोही ठाउँका ११ वर्षीय प्रकाश खनाल छन् ।

यसैगरी सोही ठाउँका १५ वर्षीय पशुपति खनाल, आठबीसकोट नगरपालिका २ की, हिरासा ओली, सानीभेरी गाउँपालिका ५ की १८ वर्षीया सरिता केसी, आठबीसकोट नगरपालका २, का २६ वर्षीय विरबहादुर ओली र त्रिवेणि गाउँपालिका ७, का ४३ वर्षीय विरबहादुर केसी घाइते भएका छन् ।

घाइतेमध्य प्रजित, इन्द्रबहादुर, हिरासा, विरबहादुर ओली र विरबहादुर केसीलाई थप उपचारका लागि काठमाण्डौं पठाइएको छ भने ४ जनाको जिल्ला अस्पताल सल्लेमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो । ग्याँस बाल्न खोलिएको र दिनभर ग्याँस चुहिएर बेलुका एक्कासी आगो बलेको बताइएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update