रुकुमको पश्चिमको सानिभेरी गाउँपालिका वडा नम्बर ३ का अधिकांश टोलहरुमा पहिलो विद्युत सेवा बिस्तार गरिएको छ । वडाका ज्यामेरे, चौखे, पेदी, भलाचौर लगायतका स्थानहरुमा विद्युत बिस्तार भयपछि बाँकी रहेका खाराखाली, गरायलागाउँ, स्याला, अध्याचौर टोलमा पनि बत्ति बलेको छ ।
गाउँमा बत्ती बलेपछि स्थानीय खुशी भएका छन् । वडा उज्यालो बनाउने उदेश्यका साथ विद्युत विस्तारको काम भएको वडा अध्यक्ष जगदिश नकालले बताउनुभयो । केन्द्रीय लाईनबाट वडाका ३ सय घरहरुमा बत्ति जडान गरिएको विद्युत प्राविधिक भुवन केसीले बताउनुभयो ।
नागरीक हाईड्रो प्रा.लि.ले वडामा विद्युत बिस्तारको काम गरेको हो । विद्युत विस्तारमा स्थायनी युवाहरुले पनि सहयोग गरेका थिए । विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरण रकुम पश्चिम वितरण केन्द्रहरले सामग्री सहयोग गरेको थियो ।
खाराखाली, अध्याचौर, गरायलागाउँ र स्यालाका स्थानीयहरु देउताखोला लघु जल विद्युत आयोजना बिग्रिएपछि ६ महिना देखि अध्याँरोमा बस्दै आएका थिए । केन्द्रीय लाइन बिस्तार हुँदा लामो समयपछि बत्ति बाल्न पाएको स्थानीय कर्णबहादुर बिष्टले बताउनुभयो ।