लगातारकाे वर्षाका कारण रूकुम पश्चिमकाे त्रिवेणी गाउँपालिकामा क्षेति पुगेकाे छ । वर्षाले जनजीवन कष्टकर बनाएकाे छ । अविरल वर्षाका कारण त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को बाँठाकोटमा बुधबार राती करिब ८:३० बजेतिर पदमबहादुर घर्तिकाे घरमा पूर्ण रूपमा क्षेति पुगेकाे छ ।
घरभन्दा माथिबाट आएको पहिरोले पुरिएर घर्तिको दुई तले घर भत्किएर पुर्ण रुपमा क्षेति भएको हाे। पहिरोले घर भत्किदा घरमा रहेका परिवारका लत्ता कपडा र खाद्यान्नमा क्षेति भएको छ । अनुमानित ३५ केजीकाे बाख्रा पुरिएर मरेको छ भनेल१५ वटा कुखुरा पुरिएको बताइएकाे छ । पीडितकाे ५ जनाकाे परिवार आफन्तकाे घरमा शरण लिएर वसिरहेकाे छ ।
त्यस्तै त्रिवेणी ६ को बाँठाकोटमै बुधबार राती गंगाराम घर्तिको भकारोमा बाँधेको एउटा गोरु भकारो माथिबाट आएको पहिरोले पुरिएर मरेको छ । वडा नम्बर ६ झ्यामखोलाका धनबहादुर ओलीको गोठ पहिरोले पुरिएर क्षेति भएको छ । बर्षाका कारण तीन दिन देखि लगातार विद्युत आपुर्ति बन्द भएको छ ।
घर बिहिन भएका पदमबहादुर घर्तिको परिवारलाई खाद्यान्न लगायत आधारभूत आवश्यक्ता ब्यवस्थापनको लागी पूर्व जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले ५ हजार र त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले खड्काले नगद ३ हजार सहयोग गर्नुभएकाे छ ।
वडा अध्यक्षहरूका अनुसार वर्षाका कारण गाउँपालिकाका लगभग सबै स्थानीय सडक बन्द भएकाे प्रेस सेन्टर नेपाल त्रिवेणीका अध्यक्ष कुबेर ओलीले जानकारी दिनुभयाे । जसका कारण आवत जावतमा समस्या भएकाे छ ।
वडा अध्यक्षहरु ले बताए अनुसार स्थानिय ग्रामिन तथा कृषि सडकहरु पहिरोको कारन पुर्न रुपमा बन्द रहेको र आवजजावत कठिनाइ भएको बताइएको छ । राप्ती राजमार्ग अन्तर्गत झुल्नेटा-मुसिकोट सडक खण्ड अन्तरगत डाँगिमाेड लगायतका ठाउँमा पहिराे खस्दा अवरूद्घ भएकाे छ ।
यसैविच वडा नम्बर ६ का अध्यक्ष भद्रबहादुर सिर्पाली, पूर्व गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट खड्का, पूर्व ६ नम्बर वडा अध्यक्ष राजेन्द्र पुन र प्रहरी चौकि झुल्नेटाद्वारा पहिरो प्रभावित क्षत्रको अनुगमन गरिएको छ ।
गाउँपालिकाले अबिरल पानी पर्ने क्रम नरोकिएकोले अझै अन्य पनि क्षेति हुन सक्ने भएकोले यस तर्फ सचेत रहन र सुरक्षित रहन गाउँपालिकावासीलाई अनुराेध गरेकाे छ ।