नेपाल विद्युत प्राधिकरण रूकुम पश्चिम वितरण केन्द्रले विद्युत सेवा सुचारू हुन समय लाग्ने बताएकाे छ । आज सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउदै वितरण केन्द्रले ठूलाे क्षेति भएकाेले मर्मतमा समय लाग्ने बताएकाे हाे । रूकुम पश्चिममा सल्यान र जाजरकाेटबाट विद्युत आपुर्ति भइरहेकाे छ ।
लगातारकाे वर्षाका कारण दुवै लाइन बन्द भएपछि जिल्लामा विद्युत सेवा ठप्प भएकाे छ । जिल्लामा आउने लाइनको बारेमा जाजरकोट र सल्यानका विद्युत कार्यालयमा बुझ्दा सल्यानको कपुरकोटसम्म पनि ३३ के.भि. सन्चालन हुनसकेको जानकारी पाएकाे रूकुम पश्चिम वितरण केन्द्रले जनाएकाे छ ।
त्यसैगरी जाजरकोट आउने ३३ के.भि. लाईनमा पनि ठाउँ- ठाउँमा रुख ढलेर लाइन अवरुद्ध भएको भन्ने जानकारी आएको छ, वितरण केन्द्र भनेकाे छ । दुवै ठाउँका मर्मत टोली फिल्ड गएतापनि अविरल रुपमा वर्षा भइरहेकोले बाटो-बाटोमा आएको पहिरोका कारण मर्मत कार्यमा निकै कठिन र जोखिम भएको वितरण केन्द्रकाे भनाइ छ ।
जसका कारण लाइन सन्चालन हुन समय लाग्ने देखिएको हुँदा धैर्य गर्न वितरण केन्द्रले सम्पूर्ण ग्राहकमा अनुराेध गरेकाे छ ।