मंगलबार साँझ देखिकाे लगातारकाे वर्षाले देशभरमा क्षेति गरकाे छ । कयाैं घर, सडक तथा अन्नबालीमा क्षेति पुगेकाे छ । दाङ, सल्यान र रूकुम पश्चिमलाई प्रत्यक्ष जाेडेकाे राप्ती लाेकमार्ग ठाउँठाउँमा अवरूद्ध भएकाे छ ।
रूकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ६ काे डाँगी माेड नजिकै पहिराेले सडक बगाएकाे छ । राङ्टे भन्ने ठाउँमा सडक तलबाट झरेकाे पहिराेले सडक बगाएकाे हाे । जसका कारण यातायात आवागमण राेकिएकाे छ । तत्काल सडक सुचारू हुने देखिन्न । उक्त पहिराेले स्थानीयकाे किबि र सुन्तला खेतिमा क्षेति गरेकाे छ ।
खानेपानी र स्थानीय मुरू जाने बाटाेमा समेत पहिराेले क्षेति गरेकाे छ । पहिराेले किबी र सुन्तलामा गरि १० लाख जतिकाे क्षेति गरेकाे मिलन बहुउदेश्यीय कृषि फर्मका संचालक केशवबहादुर केसीले जानकारी दिनुभयाे । आफ्नाे फर्ममा रहेका सबै किबी पहिराेले बगाएकाे उहाँले बताउनुभयाे ।