Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा पहिराेले किबी र सुन्तलाबारी बगायाे, करिब १० लाखकाे क्षेति
पहिराेले बगाएकाे किबी र सुन्तलाबारी ।

लगातारकाे वर्षासंग झरेकाे पहिराेले रूकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा ठूलाे क्षेति गरेकाे छ । वडाकाे राङ्टेमा झरेकाे पहिराेले स्थानीयका किबी र सुन्तला बगैचामा क्षेति गरेकाे छ । राप्ती लाेकमार्गकाे मुनितिर रहेका किबी र सुन्तला बगैचामा पूर्ण क्षेति पुगेकाे छ । पहिराेले बगाउँदा राप्ती लाेकमार्ग बन्द समेत भएकाे छ ।

आफ्नाे फर्ममा रहेका सबै किबी पहिराेले बगाइदिएकाे स्थानीय केशवबहादुर केसीले जानकारश्र दिनुभयाे । उहाँले १० राेपनी क्षेत्रफलमा मिलन बहुउदेश्यीय कृषि फर्म संचालन गर्दै आउनुभएकाे छ । पहिराेले किबी खेती गरेकाे सबै बारी बगाएकाे उहाँले बताउनुभयाे । यसबाट करिब ५ लाखकाे क्षेति भएकाे उहाँकाे भनाई छ ।

उहाँका अनुसार पहिराेले अन्य स्थानीयका सुन्तला बारीपनि बगाएकाे छ । स्थानीय मस्तबहादुर ओली, टेकबहादुर ओली र भुपालसिंह केसीका सुन्तला पहिराेले बगाएकाे हाे । पहिराेले घारीखाेला खानेपानी मुहानका दुई लाइन पाइप समेत बगाएकाे छ । सबै गरेर करिब १० लाख बराबरकाे क्षेति भएकाे केसीले बताउनुभयाे ।

याे पहिराेका कारण डाँगीमाेड देखि मुरू जाेड्ने स्थानीय सडक समेत बन्द भएकाे बताइएकाे छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update