मंगलबार साझदेखी परेको निरन्तर वर्षाका कारण रुकुम पश्चिममा जनजीवन प्रभावित भएकाे छ । लामो दुरिमा सन्चालन हुने सडकहरु अवरुद्ध भएका छन । जिल्लामा २ दिन देखि विद्युत नियमित छैन । रुकुम पश्चिममा सल्यान देखि आउने ३३ केभी र जाजरकोटबाट आउने ३३ केभी दुबै लाइन निरन्तरकाे वर्षाका कारण ठाँउ ठाउँमा पहिरोले पोल ढाल्दा बन्दभएकाे छ । विद्युत सेवा सुचारू गर्न समय लाग्ने नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ ।
त्यस्तै जिल्लामा दशैं अघि सुचारु गरिएका ग्रामिण सडकहरु अवरुद्ध छन् । ठाउँ ठाउँमा पहिरो खस्दा राप्ती लोकमार्ग अन्तर्गत मुसिकोट, झुल्नेटा, सल्यान खण्ड हुँदै लामो दुरि भएर विभिन्न ठाउँमा जाने यातायातका साधन चल्न सकेका छैनन् । यता मुसिकोट, साँख रुकुमकोट हुँदै देशका विभिन्न सहर जाने मध्यपहाडी लोकमार्गमा पनि विभिन्न ठाउँमा पहिरो खस्दा यातायातका साधन ठप्प छन् ।किसानहरुले आफ्नो नियमित कामकाज गर्न सकेका छैनन् भने घर भित्राउन तयार भइसकेका मकै बाली बारिमै कुहिएर क्षेती हुने होकी भन्ने चिन्ता किसानहरूमा छ ।
मंगलबारदेखीको निरन्तर वर्षाले बाहिर निस्किन नै मुस्किल भएकाले पशुचौपायलाई घाँस दिन समस्या भएको त्रिवेणी गाउँपालिका वडा नम्बर २ कि मनिशा ओलीले बताउनुभयो । दशैं अघि सुचारु गरिएका त्रिवेणी गाउँपालिकाका भित्रका सबै ग्रामीण सडकहरु निरन्तरको वर्षाले अवरुद्ध भएको गाउँपालिका प्रवत्ता सुन्दर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मानवीय क्षेती नभए पनि त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को विभिन्न ठाउँमा घर, पशु चौपाया र कृषि फर्महरुमा पहिरोले क्षेती पुर्याउदा लाखौंको क्षेती भएको छ । त्यस्तै वर्षाको कारण सानीभेरी नदीको बहाब उच्च रहेकाले नदी वरपरका स्थानीयलाई सचेत रहन र पहिरो नजाने सुरक्षित ठाउँमा बस्न सानीभेरी गाउँ कार्यपालिकाका प्रवत्ता पहलसिंह घर्तीले गर्नुभएकने छ ।