Kakhara सबैको खबर सम्पूर्ण खबर
सुनसान मुसीकाेट
खलंगा बजार ।

मुसीकाेट रूकुम पश्चिमकाे सदरमुकाम । सामान्य दिनमा यहाँ मान्छेकाे चहलपहल धेरै हुन्छ । विभिन्न प्रशासनिक काम, किनमेल देखि अन्य विभिन्न कामका लागि मुसीकाेटका खलंगा, सल्ले, मठ, बागबजार, शेरिगाउँ लगायतका बजारमा चहलपहल बढि हुन्छ । चाडपर्वमा बाहेक अरू बेला मुसीकाेटकाे चहलपलह कम हुन्न ।

विशेषगरी दशैं र तिहारमा सदरमुकाममा व्यापार व्यवसाय गरिरहेकाहरू घर फर्किदा मुसीकाेट सुनसान हुन्छ । त धेरै दिन भने हाेइन । चाडपर्वकाे मुख्य दिन भन्दा अघिल्लाे दिनसम्म किनमेल गर्नेहरूकाे भिड हुन्छ भने चाडकाे मुख्य दिनभन्दा १ वा २ दिन पछि पुनः चहलपहल बढिहाल्छ । मुख्यगरी दशैं र तिहारकाे मुख्य दिन र बढीमा त्यसकाे १ दिन अगाडि पछाडि कम चहलपहल हुन्छ ।

तर यसपटक भने दशैंकाे मुख्य दिन विजया दशमीकाे तेस्राे दिन शुक्रबार पनि मुसीकाेट सुनसान रह्याे । भाेली शनिबार भएकाेले भाेली पनि सुनसान नै हुने छ। मुसीकाेट सामान्य अवस्थामा फर्किन नसक्नुकाे एउटा मात्र कारण हाे भारी वर्षा । यसपटक दशैं भारी वर्षाका विच मनाइएकाे छ । विजया दशमीकाे अघिल्लाे दिन अर्थात मंगलबार साँझ देखि सुरू भएकाे वर्षा शुक्रबार साँझसम्म राेकपएकाे छैन् । अझै केही दिन वर्षा जारी रहने भनाई माैसमविदहरूकाे छ ।

लगातार पानी परेपछि दशैं मनाउन गाउँ गएकाहरू मुसीकाेट फर्किन पाएका छैनन् । जसका कारण मुसीकाेट लयमा फर्किएकाे छैन् । खलंगा बजार बन्द अवस्थामा छ । एकाध बाहेक पसलहरू खुलेका छैनन् । विद्यालय लामाे समयका लागि बन्द छन् । दशैं मानेर मान्छेहरू नफर्किएकाले खलंगा बजार सुनसान रहेकाे एक ब्यापारीले बताए । आइतबार अघि बजारकाे अवस्था सुनसाननै रहने उनकाे भनाई छ ।

लगातारकाे वर्षाका कारण जिल्लामा विद्युत आपुर्ति ठप्प छ । जिल्लालाई अन्य जिल्लासंग जाेड्ने राप्ती लाेकमार्ग र मध्यपहाडी लाेकमार्ग ठाउँ ठाउँमा अवरूद्ध छन् । स्थानीय ग्रामिण सडकहरू नराम्ररी बिग्रेका छन् ।                                    received_4171592139075601665158269.jpeg

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update