आगामि प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँड लगभग टुंगिएकाे छ । अधिकांश जिल्लामा सहमति भएकाे छ । अहिलेसम्म सहमति हुन बाँकी एक जिल्ला हाे रूकुम पूर्व । प्रतिनिधि सभा र प्रदेश सभा माओवादीकाे भागमा परेकाे छ । प्रदेश ख मा सहमति जुट्न बाँकी छ ।
गठबन्धनले शुक्रबार तयार पारेकाे सहमतिकाे ड्राफ्टमा रूकुम पूर्व प्रदेश ख मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबैकाे नाम समावेश छ । आइतबार मनाेनयन दर्ताकाे समय ताेकिएकाे छ । तर त्यसकाे एकदिन अगाडिसम्म उक्त क्षेत्र कसले पाउने भन्ने टुंगाे नलाग्दा अन्याैलता बढेकाे छ । आज यश बरेमा टुंगाे लाग्ने दलहरूलेबताएका छन् ।
याे क्षेत्रबाट कांग्रेसले गञ्जुसिङ बुढा, भीमबहादुर खड्का, दत्तबहादुर बस्नेत, धनबहादुर केसी र नन्दबहादुर विष्टलाई सिफारिस गरेकाे छ । माओवादीले लालबहादुर विष्ट, धनमान पुन, कुमारी बराल, मन्सराम खड्का र केशव रावललाई सिफारिस गरेकाे छ । गत निर्वाचनमा जिल्लाका १ प्रतिनिधि सभा र २ वटै प्रदेश सभा निर्वाचन माओेवादीले जितेकाे थियाे ।