Kakhara सबैको खबर सम्पूर्ण खबर
राङ्टेमा पहिराेले बगाएकाे सडक खुलाउने प्रयास जारी
बाटाे खुलाउने प्रयास।

रूकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ६ काे राङ्टेमा सडक सुचारू गर्ने प्रयास भइरहेकाे छ । लगातारकाे वर्षाका कारण शुक्रबार राप्ती लाेकमार्ग अन्तर्गत राङ्टेमा पहिराेले सडक बगाएकाे थियाे । त्यसपछि यातायात आवागमण बन्द छ । जिल्ला भित्रिने तथा बाहिरिने सवारी साधन पहिराे वारीपारी राेकिएका छन् ।

सडक विभागकाे डाेजर लगाएर बाटाे बनाउने प्रयास भइरहेकाे प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयाे । आफुले पहल गरेर बाटाे खुलाउने प्रयास गरिरहेकाे उहाँकाे भनाइ छ । साेही सडककाे छेउबाट च्यापेर वान वे रूपमा सडक खुलाउने प्रयास भइरहेकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार व्यक्तिकाे जग्गा च्यापेर बाटाे खुलाउने प्रयास भइरहेकाे छ ।

तलबाट भित्ता लगाएर सडक पूर्ण रूपमा सञ्चालन नहुँदासम्म वैकल्पिक रूपमा साँघुराे बाटाेबाटै भएपनि आवतजावतकाे व्यवस्था गर्न लागिएकाे हाे । उक्त पहिराेले सडकका साथै सडक मुनि रहेकाे किबी र सुन्तला बाली समेत बगाएकाे थियाे । खानेपानी आयाेजना र मुरू जाने स्थानीय सडकमा पनि पहिराेले क्षेति गरेकाे छ । 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update