नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका उम्मेद्वार टुंग्याएकाे छ । जसअनुसार रूकुम पश्चिममा यसअघि नै जिल्ला पार्टीले सिफारिस गरेका एकल उम्मेदवारले संघ र प्रदेशमा टिकट पाएका छन् । एउटा निर्वाचन क्षेत्र रहेकाे संघमा जनार्दन शर्मा प्रभाकरलाई पार्टीले टिकट दिएकाे छ ।
त्यस्तै २ वटा निर्वाचन क्षेत्र रहेकाे प्रदेश सभा अन्तर्गत क मा महेन्द्र केसी पारषमणि र ख मा राजकुमार शर्मा आर्टलाई पार्टीले टिकट दिएकाे हाे । प्रदेश ख मा नेपाली कांग्रेसले दाबि गरिरहेकाे अवस्थामा माओवादीले जिल्लाका तीन वटै क्षेत्रमा आफ्ना उम्मेदवारलाई टिकट दिएकने हाे । यसअघि प्रदेश क मा दाबी गरिरहेकाे कांग्रेसले ख मा दाबी गरेकाे हाे ।
शुक्रबार सत्ता गठबन्धनले तयार पारेकाे सिट बाँडफाँडकाे ड्राफ्टमा रूकुम पश्चिम ख मा माओवादी र कांग्रेस दुवैकाे नाम राखिएकाे थियाे । आज माओवादीले सबै क्षेत्रमा आफ्ना उम्मेदवारलाई टिकट दिएपछि अब जिल्लामा गठबन्धनका कांग्रेस-माओवादीकै विचमा प्रतिस्पर्धा हुने देखिएकाे छ ।