Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी ६ राङटेमा अवरूद्ध राप्ती लाेकमार्ग सुचारू
अवरूद्ध सडक सुचारू ।

राप्ती लोकमार्ग अन्तरर्गत रूकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका वडा ६ डाँगीमोड नजिकै राङटेमा पहिराेले बगाएकाे राप्ती लोकमार्ग सुचारु भएको छ । अविरल वर्षाका कारण शुक्रबार पहिराेले बगाएकाे राप्ती लोकमार्ग सडक माथिकाे भित्ता काटेर सुचारू गरिएकाे हाे । वान वे सडक बनाएर राेकिएकाे यातायात सेवा सुचारु गरिएको प्रमुख जिल्ला  अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सडक डिभिजन कार्यालय चौरजहारीसंग समन्वय गरेर तत्कालका लागि  वैकल्पिक रूपमा सडक सुचारु गरिएकाे हाे । याे संगै राेकिएका सवारी साधन गन्तब्य तर्फ लागेका छन् ।

तत्कालका लागि वैकल्पिक रूपमा साँघुरो  सडक बनाएर सुचारु गरिपनि दीर्घकालिन रुपमा भने सडक भासिएको तलकाे भागदेखि पर्खाल लगाएर सडक निर्माण गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । उक्त सडक खण्ड भासिदा रुकुम पश्चिम देखि  मुसीकोट, झुल्नेटा, सल्यान हुँदै देशका विभिन्न ठाउँ जाने र देशका  विभिन्न ठाउँबाट जिल्ला भित्रिने सवारी साधन राेकिएका थिए । 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update