निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुका समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरेको हो । आयोगले मध्यरातमा समानुपातिकको सूची सार्वजनिक गरेको छ ।
रुकुम पश्चिमबाट ४ ठुला दलबाट ४ जनाकाे नाम बन्द सुचिमा रहेकाे छ । माओबादीबाट २ जनाकाे नाम छ भने कांग्रेसबाट कसैकाे छैन् । माओेवादीबाट लक्ष्मी पुन र प्रेमकुमारी सुनार समानुपातिककाे बन्द सुचिमा पर्दा एमालेबाट चन्द्रबहादुर बिक र नेकपा एकीकृत समाजवादीबाट शेरबहादुर केसी रहनुभएकाे छ ।
प्रदेश तर्फ भने समानुपातिकमा ठूला ४ वटै दलबाट उम्मेद्वार छन् । माओवादीबाट मिलन खड्का रोका र झक्कुप्रसाद घर्ती, कांग्रेसबाट तिलक भण्डारी र सीता ओली, एमालेबाट तुलसा मल्ल र नेकपा (एकीकृत समाजादी) बाट कल्याणी खड्का समानुपातिक तर्फ उम्मेद्वार हुनुहुन्छ ।