Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादीले रूकुम पश्चिमका तीन वटै क्षेत्रमा उम्मेदवारी दियाे
अर्थमन्त्री शर्मा मनोनयन दर्ता गदै

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले मनोनयन दर्ता गरेको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय मुसिकोट खलंगामा पुगेर माओवादी केन्द्रले संघ र प्रदेश सभा क्षेत्र नम्बर क र ख मा मनोनयन दर्ता गराएको हो । प्रतिनिधि सभा निर्वाचन प्रत्यक्ष तर्फ जनार्दन शर्माले गृह जिल्ला पुगेर मनोनयन दर्ता  गर्नुभएको छ ।

शर्मा हाल नेपाल सरकारको अर्थमन्त्री समेत रहनु भएको छ। त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर क बाट महेन्द्र केसीले मनोनयन दर्ता गराउनुभएकाे छ । भने क्षेत्र नम्बर ख बाट राजकुमार शर्माले मनोनयन दर्ता  गराएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update