नेपाली काँग्रेस
कांग्रेस रुकुम पश्चिमले प्रदेशका दुई वटै क्षेत्रमा उम्मेदवारी दर्ता गरायाे
नेपाली कांग्रेस रुकुम पश्चिमले प्रदेश सभाको दुई वटा क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनमा कुरा नमिलेपछि कांग्रेसले उम्मेदवारी दर्ता गराएको हो । प्रदेश सभा ‘क’ मा कृष्णबहादुर रोकाय र प्रदेश सभा ‘ख’ मा प्रेमप्रकाश ओलीले उम्मेदवार दर्ता गराउनुभएको छ ।
कृष्णबहादुर रोकायको समर्थकमा सुर्यप्रकाश शर्मा रहनुभएको छ भने प्रस्तावकमा ईन्द्रबहादुर खत्री रहनुभएको छ । त्यस्तै प्रेमप्रकास ओलीको प्रस्तावकमा प्रेमबहादुर ओली र सर्मथकमा एकमाया विष्ट रहनुभएको छ । कांग्रेसले संघमा भने उम्मेदवारी दिएकाे छैन् । जिल्लामा गठनबन्धन नभएपछि माओवादी केन्द्र र कांग्रेसले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९ १६:०४
प्रतिक्रिया दिनुहोस्