Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी ६ बाठाकोटमा पहिरोले  घर पुर्दा भक्तबहादुर ओलीको घर पूर्ण रुपमा क्षेती
पहिरोले पुरिएको भक्तबहादुरको घर

शनिबार राति गएको पहिरोले त्रिवेणी गाउँपालिका वडा नम्बर ६ बांठाकोटका भक्तबहादुर ओलीको घर पुरिएको छ ।  झुल्नेटा चौरजहारी ग्रामिन कृषि सडक अन्तर्गत बांठकोट खण्डमा सडक बाट गएको पहिरोले भक्तबहादुर ओली  दुइ तले घर पहिरोले पुरेर पुर्न रुपमा क्षति भएको हो ।

असोज १९ गते राति बांठाकोटकै पदम बहादुर घर्ति को घर र झ्यामखोलाका धन बहादुर ओलीको गोठ पुर्न रुपमा पहिरोले क्षति पुर्यायाको थियो । बाख्रा, कुखुरा र गोरु पुरिएर मरेका थिय ।  पहिरोले स्थानिय केशवबहादुर केसीले लगायको किबि, सुन्लला खेतिमा लाखौको क्षति पुर्यायको थियो। भने त्रिवेणी गाउँपालिकाका पुर्व वडा अध्यक्ष राजेन्द्र पुनका गोठमा बाधि राखेका ६ वटा बाख्रा पहिरोले पुरिएका थिए । बर्षाा अझै नरोकिएकाले नागरिकलाई सचेत रहन पनि वडा अध्यक्ष भद्रबहादुर सेर्पालीले अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update