Kakhara सबैको खबर सम्पूर्ण खबर
जनार्दनले भेटे ग्याँस चुहिएर भएको दुर्घटनाका घाइतेलाई
एक विरामीसित कुरा गर्दै नेता शर्मा ।

खाना पकाउने ग्याँस चुहिएर दुर्घटनामा परेर उपचारमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे पूर्वमन्त्री जनार्दन शर्माले जानकारी लिनुभएको छ । मंगलबार बेलुका ग्याँस चुहिएर भएको दुर्घटनामा परी काठमाण्डौंको किर्तिपुर अस्पतालमा उपचारमा रहेकाहरुको स्वास्थ्य अवस्थाबार बुझ्न शर्मा विहीबार विहान अस्पताल पुग्नुभएको थियो ।

उपचारमा रहेकाहरु मध्य २ जनालाई बढी असर रहेको र सबैको उपचार भइरहेको उहाँले बताउनुभयो । उपचारमा समस्या भएपछि त्यसको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । उपचारमा कमी नहोस् भनेर अस्पताल व्यवस्थापनलाई समेत भेटेको उहाँको सचिवालयले जनाएको छ । रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेता शर्माले एक्कासी भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५, बागबजार स्थित एक घरको कोठामा राखिएको खाना पकाउने ग्याँस चुहिएर आगो बल्दा ९ जना घाइत भएका छन् । घाइते हुनेहरुमा रुकुम पश्चिम आठबीसकोट नगरपालिका २, का ३९ वर्षीय प्रजित ओली, सोही ठाउँका १६ वर्षीय इन्द्रबहादुर ओली, सानीभेरी गाउँपालिका ३, का १२ वर्षीय प्रचण्ड खनाल, सोही ठाउँका ११ वर्षीय प्रकाश खनाल छन् ।

यसैगरी सोही ठाउँका १५ वर्षीय पशुपति खनाल, आठबीसकोट नगरपालिका २ की, हिरासा ओली, सानीभेरी गाउँपालिका ५ की १८ वर्षीया सरिता केसी, आठबीसकोट नगरपालका २, का २६ वर्षीय विरबहादुर ओली र त्रिवेणि गाउँपालिका ७, का ४३ वर्षीय विरबहादुर केसी घाइते भएका छन् । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनिहरुलाई काठमाण्डौं पठाइएको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update