रुकुम पश्चिमको सदरमुकाम मुसीकाेटका विभन्न बजारमा सडक साेलार बत्ती जडान हुनेभएको छ । पहिलो चरणमा खंलगा वजार आसपासका स्थानमा बत्ती जडान गरिने छ । नगरपालिकाले बत्ती जडानको जिम्मा ठेकेदारलाई दिइसकेको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । नगरपालिकाले सडक बत्तीको लागि ४९ लाख ४३ हजारमा ठेक्का खोलेकोमा ठेकेदार कम्पनीले ३० लाख २८ हजार ४ सय ५० मा ठेक्का लिएको छ ।
सोमबार कुन–कुन ठाउँमा बत्ती राख्ने भनेर सर्वे भएको र एक/दुई दिनमै काम सुरु हुने नगर प्रमुख केसीले बताउनुभयाे । खंलगा बजारको पुष्पलालचोक देखि जिल्ला प्रहरी कार्यालयसम्म, माथिल्लो बजार, बागबजार देखि पातुखोला सम्म ४० वटा सडक बत्ती जडान गरिने छ । पहिलो चरणमा खंलगा बजार आसपासमा बत्ती जडान हुन लागेकाे नगरपालिकाले जनाएकाे छ ।
पहिलो चरणको बत्ती जडानको काम सकिएपछि सेरीगाउँ, सल्ले, सितलपोखरी लगायतका ठाउँमा पनि सडक बत्ती जडान गरिने नगर प्रमुख केसीकाे भनाइ छ । प्रत्येक ठाउँमा सोलार बत्ती राखिने छ । बजारको सुरक्षाका लागि सडक बत्ती जडानको काम हुन लागेकाे नगरपालिकाले जनाएकाे छ । रातीमा आँफै बल्ने र दिनमा निभ्ने बत्ती जडान हुन लागेकाे हाे । यो भन्दा पहिला खलंगाकाे सहिदगेट देखि पुष्पलाल चाेकसम्म सोलार बत्ती जडान गरिसकिएको छ ।