Kakhara सबैको खबर सम्पूर्ण खबर
हेर्नुहोस पितिवाङ खोलामा यात्रु र सवारी साधनको हालत (भिडिओ)
पितिवाङ खोलामा जोखिमपूर्ण रुपमा मोटरसाइकल तारिदै ।

राप्ती लोकमार्ग अन्तरगत रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ११ र १२ को सिमानामा पर्ने पितिवाङ खोलामा पुल नहुँदा वर्षेनी वर्षायाममा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । खोलामा वाढी आउँदा यातायात सेवा अवरुद्ध हुने गरेको छ । मोटरसाइकल बोकेर खोला तार्नुपर्ने बाध्यता छ ।

स्थानीयले मोटरसाइकल तारेको ५ सय देखि १ हजार रुपैंयासम्म लिने गरेका छ । रुकुम पश्चिमको सबैभन्दा पुरानो सडक भएपनि यो खोलामा पुल निर्माण हुन सकेको छैन् । पछिल्ला केही वर्षदेखि पुल निर्माणको काम चलिरहेको भएपनि काम निकै सुस्त अवस्थामा छ । 

भिडिओ हेर्नुहोस्ः

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update