समाजवादको आधार तयार पार्न मेरो उम्मेदवारीः जनार्दन शर्मा (भिडिओ)
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको यात्रा तयार पार्न आफु प्रतिनिधि सभाको उम्मेदवार बनेको बताउनुभएको छ । त्यसको सुरुवात रुकुमबाट हुने उहाँको भनाई छ ।
रुकुममा विकास निर्माणका आधारभूत आवश्यकताहरु पुरा भएको र अव त्यसलाई थप विकास गर्दै रुकुमबाट समाजवादको यात्रा तय गर्ने उहाँले बताउनुभयो । यसैका लागि रुकुम पश्चिमबाट प्रतिनिधिसभामा आफु गठबन्धनको तर्फबाट उम्मेदवार रहेको उहाँले बताउनुभयो । उम्मेदवारी दर्ताको दिन उहाँले यस्तो बताउनुभएको हो ।
भिडिओ हेर्नुहोस्
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९ ११:४०
प्रतिक्रिया दिनुहोस्