रुकुम पूर्व सत्ता गठबन्धनले बागी उम्मेदवारी दिएका नेतालाई दुई दिने अल्टिमेटम दिएको छ । वाम–लोकतान्त्रिक गठबन्धन विपरित बागी उम्मेदवार दिएका नेताकार्यकर्ताहरूलाई निष्कृय हुन दुई दिने अल्टिमेटम दिएको हो ।
वाम–लोकतान्त्रिक गठबन्धनको मर्म विपरित बागी उम्मेदवार दिएका नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेसका नेतालाई निष्कृय हुन अल्टिमेटम दिइएको जनाएका छन् । बिहीबार माओबादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धनको निर्णय विपरित बागी उम्मेदवारलाई निष्कृय भई गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्न दुई दिने अल्टिमेटम दिइएको माओबादी केन्द्रका जिल्ला संयोजक होमप्रकाश श्रेष्ठले कखरालाई जानकारी दिनुभयो ।
बागी निष्कृय भइ गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न शुक्रबार र शनिबार गरी दुई दिनको अल्टिमेटम दिइएको श्रेष्ठले बाउनुभयो । यसैगरी नेपाली कांग्रेसले पनि पार्टीका बागी उम्मेदवारलाई गठबन्धनका साझा उम्मेदवार समर्थन गर्दै निष्कृय हुन दुई दिने अल्टिमेटम दिएको जिल्ला कार्य समितिले जनाएको छ । उक्त अल्टिमेटम अनुसार बागी उम्मेदवार निष्कृय नभएको खण्डमा कारबाहीको प्रक्रिय अघि बढाइने माओबादी केन्द्र र नेपाली कांग्रेसले जनाएका छन् ।
वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रतिनिधिसभा सदस्यमा माओबोदी केन्द्रका पूर्णबहादुर घर्ती मगर, प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यमा माओबादी केन्द्रका तेजबहादुर ओली र प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका धनबहादुर केसी (डिबी) रहनु भएको छ ।
माओबादी केन्द्रका चन्द्रराज झाँक्री मगरले प्रतिनिधिसभा सदस्य, प्रदेश नम्बर १ मा माओबादी केन्द्रका सुरुल पुन मगर, नेपाली कांग्रेसका दुतकुमार पुन मगर र प्रदेश नम्बर २ मा माओबादी केन्द्रका केशव रावलले बागी उम्मेदवारी दिनु भएको छ ।