Kakhara सबैको खबर सम्पूर्ण खबर
सहयोगबाट करिब तीन लाख रकम सङ्कलन
सहयोगबाट सङ्कलन भएको रकम प्रदीपका परिवारलाई हस्तान्तरण गरिँदै ।

मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका प्रदीप खत्रीको उपचारका लागि रकम सङ्कलन गरिएको छ । रुकुमपूर्व सिस्ने गाउँपालिका–३ पाङ्गा स्थायी घर भई रुकुमकोट बस्दै आउनुभएका खत्रीको उपचारको लागि आर्थिक रकम सङ्कलन गरिएको हो । घाइते खत्रीको उपचारको लागि पत्रकार मदन बिसीले असोज २५ गते देखि सहयोग रकम सङ्कलन अभियान सञ्चालन गर्नु भएको थियो ।

बिसीले सञ्चालन गर्नु भएको चार दिने अभियानबाट दुई लाख ८१ हजार ६ सय १५ रुपैयाँ सहयोग रकम सङ्कलन भएको हो । यस अभियानमा देश तथा विदेशमा रहनु भएका एक सय भन्दा धेरै व्यक्तिले पाँच सय देखि दश हजार सम्मको सहयोग गर्नुभएको थियो । आर्थिक अवस्था कमजोर रहेको खत्रीको उपचारको लागि पैसा नभएपछि सहयोग अभियान सञ्चालन गरिएको पत्रकार बिसीले बताउनुभयो । यसमा सबैको सहयोगले सफल भएको पनि उहाँको भनाई छ ।

खत्रीको परिवारलाई सङ्कलन भएको रकम शुक्रबार हस्तान्तत्रण गरिएको छ । खत्रीको घुँडाको जोर्नी छुट्टीएर अलग भएको छ । खत्रीको रुकुमपूर्व अस्पताल, रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले र मिसन अस्पताल चौरजहारीमा उपचार सम्भव नभएपछि बाँकेको नेपालगञ्ज स्थित वेष्टर्न हस्पिटल प्रालिमा उपचार भइरहेको छ । उपचार खर्च ठेग्नै नसक्ने अवस्थामा यसरी उपचार खर्च जुटाएर सहयोग गरेको भन्दै परिवारले धन्यवाद दिएका छन् ।


 

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update