रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नभएको बताउनुभएको छ । आज आफ्नो उम्मेदवारीका बारेमा मुसीकोटमा पत्रकार सम्मेलन गरी पुनले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नभई देश र जनताको पक्षमा रहेको बताउनुभएको हो ।
रुकुम पश्चिमलाई अझ विकास र समृद्ध बनाउने योजना आफुसंग रहेको उहाँले बताउनुभयो । जनताले आफुलाई सयममै चिने भने विजय हाँसिल गर्न त्यति गाह्रो नहुने पनि उहाँले बताउनुभयो । शक्तिशाली व्यक्तिहरुलाई पनि सामान्य मान्छेले चुनाव हराएको इतिहास रहेको भन्दै उहाँले आफु इतिहास रच्ने गरी चुनावमा होमिएको बताउनुभयो ।
उहाँले आफ्नो उम्मेदवारी कुनै जातजातीका विरुद्धमा नरहेको उहाँले बताउनुभयो । तपाईको पार्टीले जातिय कुरालाई बढी उठाएको छ नि ? भन्ने प्रश्नमा उहाँले आफ्नो उम्मेदवारी कुनै जातजाती, लिंग, क्षेत्र, राजनीतिक दलका विरुद्ध नभई समग्र देश र सबै जनताका निम्ति भएको स्पस्ट पार्नुभयो ।
तर मंगोलहरुको पहिचान स्थापित गर्ने आफु लागिपर्ने उहाँको भनाई छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत मंगोल नेशनल अर्गनाइजेशन पार्टीले रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यको लागि मात्रै उम्मेदवार दिएको छ ।